रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २३औँ भारतरुस वार्षिक शिखर–सम्मेलनमा सहभागि हुन आज भारत आइपुग्दै छन् । राष्ट्रपति पुटिन बिहीबार दिउँसो दिल्ली आइपुग्ने हिन्दुस्तान टाइम्सले जनाएको छ।
राष्ट्रपति पुटिनले भारतमा ३० घण्टा बिताउने कार्यतालिका रहेको छ। दुईदिने यो भ्रमणका क्रममा हुने वार्तामा रक्षा सहकार्य अझै गहिरो बनाउने, व्यापार र ऊर्जा–सम्बन्धी सहयोग विस्तार गर्ने विषय मुख्य एजेण्डा रहनेछन्। अमेरिकाले रुसी तेल किन्न बन्द गर्न भारतमाथि दबाब बढाएको केही महिनापछि भारत र रुसले भ्रमणको क्रममा धेरै सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ।
भारत र रूस दशकौंदेखि घनिष्ठ सहयोगी रहेका छन्। पुटिनको भारत भ्रमणका क्रममा राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट, दिल्ली पुगेको केही घण्टा मै प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको रात्रि भोजमा सरिक हुने तालिका छ ।











