राष्ट्रिय महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ मंसिर । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज मैत्रीपूर्ण फुटबल खेल अन्तर्गत चाइनिज ताइपेइसँग खेल्दैछ।

यो खेल नेपाली समय अनुसार आज साँझ सवा ६ बजेदेखि शुरु हुदैछ। चाइनिज ताइपेइको महिला फुटबल टिम फिफा वरियतामा ४२औं स्थानमा छ भने नेपाल ८९औं स्थानमा रहेको छ।

यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्