घनश्याम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर १५ । नेकपा (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले घनश्याम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष जोशीले आफु पार्टीमा सक्रिय हुन नसक्ने भएकाले भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जानकारी दिनुभएको हो । उहाले देशको कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट नेताहरु भ्रष्टाचारमा डुवेकाले देश संकटमा पुगेको बताउनुभयो । कम्युनिष्ट आन्दोलन अहिले जनताको नजरमा अविश्वासको अवस्थामा रहेकाले अव नेकपा (संयुक्त) ले जनतामा विश्वास दिलाउदै अघि बढ्ने उहाले बताउनुभयो । जोशीले युवाहरुको काधमा सम्पूर्ण जिम्मेवारी सुम्पिएर नयाँ कम्युनिष्ट पार्टी गठनको प्रक्रिया सुरु गरिएको जिकिर गर्नुभयो ।

पत्रकार सम्मेलनमा नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले देशलाई अघि बढाउन चूनाव अपरिहार्य भएकाले यसमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाले राजनीतिक दलहरुले नै चूनाव हुन नदिने अवस्था सिर्जना गर्न सक्ने भएकाले सजक हुनुपर्नेमा जोड दिनुभयो । भुसालले पुराना भनिने दल र नयाँ भनिने दलको बिकल्प आवश्यक रहेकाले आफ्नो दल त्यसदिशातर्फ अघि बढ्ने स्पष्ट पार्नुभयो । उहाले प्रचण्डको नेतृत्वमा भएको एकता देशको हितमा नरहेको र राम्रो सन्देश नदिने तर्क गर्नुभयो ।

नेकपा (संयुक्त)ले घनेन्द्र बस्नेत, कृष्ण प्रसाद भण्डारी र खेमबन्धु कोइरालालाई पार्टीको बरिष्ठ नेतामा मनोनित गरेको छ भने पार्टीको आगामी विशेष राष्ट्रिय सम्मेलनमा पेश गरिने दस्तावेज निर्माणका लागि चार सदस्यीय कमिटी गठन गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्