काठमाडौं, मंसिर १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म हुने भएको छ।
सोमबार बसेको पार्टीको केन्द्रीय कार्य समितिको बैठकले महाधिवेशनको मिति तोकेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेताहरूले हस्ताक्षर गरी महाधिवेशनको माग राख्दै आएका थिए।
गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्य समितिको बैठक बस्न नसकेको अवस्थामा आज बैठक बसेर महाधिवेशनको कार्य तालिका सार्वजनिक गरेको हो।











