सरकार चलचित्र विधेयक फिर्ता लिने पक्षमा छैन्ः सञ्चार मन्त्री खरेल

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १५ मंसिर । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चलचित्र विधेयक, २०८१ फिर्ता लिने पक्षमा सरकार नरहेको स्पष्ट पार्नुभएको छ ।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा चलचित्र विधेयक, २०८१ माथिको छलफलका क्रममा मन्त्री खरेलले चलचित्र विधेयकलाई सरकारले फिर्ता नलिने स्पष्ट पार्नुभएको हो । उहाले चलचित्र क्षेत्रसंग सम्बन्धी केहि संघसंस्थाहरुले आफुलाई भेटेर चलचित्र विधेयक फिर्ता लिन आग्रह गरेको जानकारी दिनुभयो । उहाले समिति बैठकमा सरोकारवालासंग बसेर उनीहरुको मागका बारेमा छलफल गर्न सरकार तयार रहेको बताउनुभयो । यस पटक चलचित्र विधेयकलाई उपलव्धीमूलक बनाएर पारित गर्न सहयोग गर्ने उहाले बताउनुभयो । त्यस्तै मन्त्री खरेलले चलचित्र बिकास बोर्डलाई स्वायत्तता प्रदान गर्ने नाममा जथाभावी हुन नदिइने धारणा राख्नुभयो । चलचित्रलाई नियन्त्रण नभइ सहजीकरण र नियमन सेन्सरलाई अघि बढाउनुपर्ने उहाको भनाइ छ ।

मन्त्री खरेलले चलचित्र क्षेत्र सञ्चार मन्त्रालयकै मातहत राख्नुपर्नेमा जोड दिनुभयो । समिति सभापति तुलसा कुमारी दहालले चलचित्र विधेयक फिर्ता लिनुपर्छ भन्ने सरोकारवालासंग छलफल गरेर विधेयकलाई अघि बढाइने जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्