काठमाडौँ । पटक पटक सर्दै आएकोनेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा भएको विवाद मिल्न नसक्दा बैठक सर्दे आएको छ ।
हिजो बस्ने भनिएको बैठ आज दिउँसो २ बजेपार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
यसैबीच नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशन माग गरेको प्रस्ताव फिर्ता भए पुसमा नियमित महाधिवेशन गर्न मान्ने भएको छ ।
आइतबार बिहान सभापति शेरबहादुर देउवालाई भेट्न गएका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुले विशेष महाधिवेशन माग गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई असोज २९ गते २ हजार ४८८ महाधिवेशन प्रतिनिधिहरूले बुझाएको हस्ताक्षर फिर्ता भए मान्ने बताएका हुन् ।
छलफलमा सभापति देउवाले पुसमा १५औँ महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउने बताएका थिए । केन्द्रीय सदस्यहरूले भने आफूहरू निर्वाचन अगाडि नियमित महाधिवेशन गर्न तयार रहेको तर विशेष महाधिवेशनको माग गर्दै बुझाइएको हस्ताक्षर फिर्ता गर्नुपर्ने बताएका छन् । आजको बैक मार्फत विवाद टुग्यांउने तयारी छ ।











