रास्वपा र विवेकशील–साझाबीच एकता घोषणा

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० र विवेकशील–साझा पार्टीबीच हुने एकता प्रक्रियालाई औपचारिकता दिन आयोजित एकता घोषणा सभा काठमाडौँमा सुरु भएको छ।

घोषणा सभा राष्ट्रिय सभागृह, काठमाडौँमा सुरु भएको हो, जहाँ दुवै दलका शीर्ष नेता, पदाधिकारी, केन्द्रीय सदस्य तथा समर्थकहरूको उपस्थिति रहेको छ।

आजको कार्यक्रममार्फत रास्वपा र विवेकशील–साझा पार्टीले औपचारिक रूपमा एकता घोषणा गर्नेछन्। यससहित नयाँ राजनीतिक संरचना, नेतृत्व संयोजन र भावी कार्यदिशाबारे पनि जानकारी सार्वजनिक गरिने बताइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्