चितवन। चितवनमा जुवातास खेलिरहेको अवस्थामा एक जनप्रतिनिधिसहित आठ जना पक्राउ परेका छन्। कालिका नगरपालिका–६ लालचोकमा गरेको छापामारीमा रत्ननगर नगरपालिका–१२ का वडाध्यक्ष सुन्दरमणि सुवेदीसहितको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी सुवास भट्टका अनुसार पक्राउ पर्ने अन्य व्यक्तिहरूमा कालिका–६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट,५६ वर्षीय झलक अमगाई,५४ वर्षीय सन्तोष लामा,६६ वर्षीय मोहन दङ्गाल,५५ वर्षीय रामकुमार दङ्गाल,४९ वर्षीय आशबहादुर गुरुङ, र ४८ वर्षीय शिवबहादुर अमगाईं रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट रु. ७१ हजार २१० नगद समेत बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।











