काठमाडौँ, १४ मंसिर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज पोखरामा एकता सन्देश सभा गर्दैछ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताले सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, नेकपाले सोमबार विराटनगरमा, मङ्सिर १८ गते सुर्खेतमा, २० गते जनकपुरमा र २३ गते हेटौँडामा सभा गर्ने भएको छ ।
यसअघि शनिबार दाङ देउखुरीमा र शुक्रबार धनगढीमा एकता सन्देश सभा गरेर प्रदेशस्तरमा पार्टीको सन्देश प्रवाह गरेको छ । यँहि मङ्सिर २९ गते देशभरका पालिकामा एकता सन्देश सभा गर्ने तयारी छ ।











