भ्रष्टाचारीलाई जोगाएकै कारण अघिल्लो प्रधानमन्त्री बालुवाटारबाट हेलिकप्टर चढेर भाग्नुपरेको हो-प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर १३ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको आत्मनिर्णयको अधिकारमाथि चूनौति दिने विदेशीतत्वसंग लड्न कम्युनिष्ट एकता गरिएको बताउनुभएको छ ।

शनिबार दाङको देउखुरीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले जनतालाई साथमा लिएर प्रतिक्रियाबादी हस्तक्षेपकारी विदेशीतत्वसंग लड्न कम्युनिष्ट एकता गरिएको बताउनुभएको हो । उहाले जनताको भावना बुझेर साथमा नलिएरसम्म दुईतिहाइले पनि केहि गर्न नसक्ने जेनजी आन्दोलनमा स्पष्ट भएको जिकिर गर्नुभयो ।

प्रचण्डले दुईतिहाइको दम्भमा अघिल्लो सरकारले भ्रष्टचारीलाई बचाउने काम गरेकाले प्रधानमन्त्री बालुवाटारबाट हेलिकप्टर चढेर भाग्नुपरेको धारणा राख्नुभयो । जनताले लखेटेपनि केहि नेतामा अझै पनि अहंकार र दम्भ नहटेको उहाको भनाइ छ । उहाले आफुहरुबाट भएका गल्तीकमजोरीको समिक्षा गर्दै नेकपा एकता भएको भन्दै अव जेनजीको मुद्दालाई अघि बढाउने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्