बाघको आक्रमणमा परी महिलाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर १३ । रामेछापको मन्थली नगरपालिका ९ स्थित पुरानागाँउमा गए राति बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही वडाकी वर्ष ६६ कि गंगामाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख भोलाकुमार भट्टले जानकारी दिए। 

उनका अनुसार महिलाको शव क्षत विक्षत अवस्थामा स्थानीयले फेला परेपछि आफूहरुलाई जानकारी गराएका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्