पाकिस्तानमा कोइला खानीमा पुरिएर कम्तीमा ९ मजदुरको मृत्यु

न्युज कारखाना 
  • ख-
  • ख+

इस्लामाबाद, १५ मंसिर । उत्तरपश्चिम पाकिस्तानको ओराकजाई जिल्लामा एउटा कोइला खानीमा कम्तीमा ९ कामदारको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् ।

दुर्घटनाको समयमा  खानीमा १३ जना कामदार थिए । नौ जनाको शव निकालिएको सो क्षेत्रका उपायुक्त अदनान फरीदले बताए ।

खानीभित्र केही मजदुर फसेको अनुमान गरिएको छ । घटना लगत्तै उद्दारकर्मीको टोली उक्त क्षेत्रमा पुगेको थियो । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्