अमेरिकाद्वारा १९ देशका नागरिकलाई जारी ग्रीन कार्ड पुनरावलोकन, ट्रम्पको निर्देशनपछि कडाइ बढ्यो

खबर बुक
  • ख-
  • ख+

अमेरिकामा १९ देशका नागरिकलाई जारी गरिएका ग्रीन कार्डको पुनः कडाइका साथ समीक्षा गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्देश दिएका छन्। सुरक्षासम्बन्धी जोखिम बढेको आकलन गर्दै ट्रम्प प्रशासनले संवेदनशील मानिएका देशका विदेशी नागरिकका सबै स्थायी बसोबास ९ग्रीन कार्ड० कागजात पुनः परीक्षण गर्न आदेश दिएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

बुधबार राजधानी वाशिङ्टन डी।सी।मा नेशनल गार्डका सुरक्षाकर्मीमाथि गोली प्रहार भएको घटनापछि राष्ट्रपति ट्रम्पले तत्काल कडाइका साथ ग्रीन कार्ड पुनरवलोकन गर्न निर्देशन दिएका हुन्। उक्त घटनामा सन् २०२१ मा अमेरिका प्रवेश गरेका एक अफगान नागरिकको संलग्नता रहेको खुलेपछि आप्रवासन नीति थप कडा पारिएको बताइएको छ।

अमेरिकी नागरिकता तथा अध्यागमन सेवा ९ग्क्ऋक्ष्क्० का निर्देशक जो एड्लोका अनुसार राष्ट्रपति निर्देशअनुसार १९ देशका नागरिकका ग्रीन कार्ड पूर्णरूपमा पुनः परीक्षण गर्न औपचारिक आदेश जारी गरिएको छ।

राष्ट्रपतिको जुन महिनाको घोषणाअनुसार, निम्न १९ देशलाई “सुरक्षाका दृष्टिले संवेदनशील देश” को सूचीमा राखिएको छ—
अफगानिस्तान, म्यानमार ९बर्मा०, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गुएना, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुण्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला।

वाशिङ्टन डी।सी।को गोलीकाण्डका आरोपी रहमान उल्लाह लाकानवाल, जो एक अफगान नागरिक भएको पुष्टि भएपछि, प्रशासनले आप्रवासन निगरानी अझ कडा बनाएको बताइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्