प्रधानमन्त्री कार्कीको सचिवालय अब २० बाट ६ सदस्य मात्रै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार २० बाट घटाएर ६ सदस्यमा सीमित गर्ने निर्णय गरेकी छन्। जेनजी युवाहरूले उठाउँदै आएको ‘सचिवालय कटौती’ मागअनुसार यो कदम चालिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

नयाँ संरचनाअनुसार प्रधानमन्त्रीका मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, फोटोग्राफर र जनस्वास्थ्य विज्ञ मात्र सचिवालयमा रहनेछन्।

बाँकी सबै पद खारेज भएका छन् र यो निर्णय मंसिर ११ गतेदेखि लागू हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्पष्ट गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्