जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष गोले एमालेमा प्रवेश

खबर बुक
  • ख-
  • ख+

जनता समाजवादी पार्टीका बागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा एमालेमा प्रवेश गरेका छन।

बुधबार भक्तपुरको गुण्डुमा एमाले अध्यक्ष केपी ओली लगाएतका नेताहरुले गोलेलाई एमालेमा प्रवेश गराएका हुन । एमाले प्रवेश गरेपछि गोलेले एमाले लामो इतिहास बोकेको पार्टी रहेको र विद्यार्थीकालदेखि नै यही पार्टीसँग आबद्ध रहेको भन्दै पुनः एमालेमा फर्किएको बताएका छन । जनता समाजवादी पार्टी नै टुक्रिने अवस्थामा पुगेकाले स्थायी राजनीतिक अवस्था सिर्जना गर्ने पार्टी एमालेमात्रै भएको उनले बताए।

उनले देशमा देखिएको संकट एमालेले मात्रै समाधान गर्न सक्ने धारणा राखे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्