सर्वोच्च अदालत आगजनी प्रकरणमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति ढुंगेल पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। सर्वोच्च अदालतमा लगाइएको आगजनी प्रकरणको आरोपमा नेपाल ल क्याम्पसका निवर्तमान स्ववियू सभापति विष्णु ढुंगेल पक्राउ परेका छन्। चितवनमा लुकिरहेको अवस्थामा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ।

प्रहरीका अनुसार ढुंगेललाई केही दिनदेखि निगरानीमा राखिएको थियो। अन्ततः चितवनको एक स्थानबाट उनलाई पक्राउ गरी काठमाडौं ल्याइएको हो।

ढुंगेलले सर्वोच्च अदालतमा आगजनी हुनु अघि दिएको एउटा भिडियो पछिल्ला दिनमा सार्वजनिक भएपछि उनीमाथि शंका झन् बढेको थियो। भिडियोमा उनले अदालतसँग सम्बन्धित आक्रामक अभिव्यक्ति दिएको देखिन्थ्यो, जसपछि प्रहरीको खोजी तीव्र बनेको थियो।

स्रोतका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी सञ्चालन भइरहेको छ।

प्रहरीले पक्राउ परेका ढुंगेलमाथि अब विस्तृत अनुसन्धान अघि बढाउने बताएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्