निर्वाचनमा भाग लिन कांग्रेसले गरायो दल दर्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर ७ । आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसले दल दर्ता गराएको छ। कांग्रेसले प्रतिनिधि सभासँगै आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा पनि भाग लिने गरी दल दर्ता गराएको हो।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगमा पुगेर आइतबार बिहान दल दर्ता गराएका हुन्।

यसअघि शनिबार बसेको पार्टीको केन्द्रीय कार्य समिति बैठकले निर्वाचन सहभागी हुने निर्णय गरेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्