काठमाडौँ, ३० कात्तिक । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलाको एकैदिन ६ हजार ९०० रुपैयाँ घटेको छ । आज सुन तोलाको २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुत्ररबार सुन तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ३ हजार १सय ३५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी तोलामा ३ हजार २८५ रुपैयाँ कायम भएको थियो ।













