पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कुनको कति पुग्यो?

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक २९ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।  इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएसँगै नेपालमा मूल्य समायोजन गरेको हो।

योसँगै आयल निगमले पट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ। योसँगै काठमाडौं उपत्यकासहित दोस्रो वर्गका स्थानमा प्रतिलिटर १६० रुपैयाँ पुगेको छ। यस्तै, पहिलो वर्गमा १५८ रुपैयाँ हुँदा तेस्रो वर्गमा १६१ रुपैयाँ कायम भएको छ।

यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६.५३ रुपैयाँ बढे पनि नेपालमा ३ रुपैयाँ मात्रै बढेको छ। यसरी यी पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १४४ रुपैयाँ, १४६ र १४७ रुपैयाँ कायम भएको छ। यी मूल्य क्रमशः पहिलो, दोस्रो र तेस्रो वर्गका लागि कायम भएको हो। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्