प्रचण्ड, नेपाल जी तपाईँहरू भाइ काँग्रेस नबन्नुस्, एमालेसँग मिल्नुस् : युवराज ज्ञवाली

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ मंसिर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने बताउनुभएको छ ।

अहिलेको मुलुकको आवश्यकता एमाले नेतृत्वको बाम सरकार भएकाले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन पहल गर्ने बताउनुभएको हो । हिमालयन न्युज एजेन्सीसंग कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले न्युनतम साझा कार्यक्रम बनाएर पाँच बर्ष बामपन्थीले मुलुक सञ्चालन गर्न सवै तयार हुनुपर्ने र यसले मात्रै मुुलुकको संकटलाई पार लगाउने धारणा राख्नुभयो ।

उहाले माओवादी लगाएत अन्य कम्युनिष्ट पार्टीलाई भाई कांग्रेस नबन्न सुझाव दिदै भाई कांग्रेस बने कांग्रेसलाई फाइदा र मुलुकलाई घाटा हुने तर्क गर्नुभयो । ज्ञवालीले बिगतमा भएका तितामिठा कुरालाई बिर्सदै एमालेसंग सहकार्य गर्न अन्य कम्युनिष्ट पार्टीहरुलाई आह्वान पनि गर्नुभयो ।

ज्ञवालीले पार्टी नफुटेको भए एमालेको बहुमत वा ठूलो पार्टी बन्न सक्ने निर्वाचनबाट देखिएको जिकिर गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्