जापानको पहिलो महिला प्रधानमन्त्रीमा सानाए तकाइची निर्वाचित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक ४ । सानाए तकाइची जापानको पहिलो महिला प्रधानमन्त्री निर्वाचित भएकी छन्। हत्या गरिएका पूर्वप्रधानमन्त्री शिन्जो आबेकी राजनीतिक शिष्य तकाइचीले दुवै सदनमा बहुमत प्राप्त गर्दै प्रधानमन्त्री बनेकी हुन्। 

सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की सदस्य तथा ‘आयरन लेडी’ को रूपमा परिचित ६४ वर्षीया तकाइचीले तल्लो सदनमा २३७ मत प्राप्त गरिन्। एलडीपी र दक्षिणपन्थी जापान इन्नोभेशन पार्टी (जेआईपी) बीचको अन्तिम समयको गठबन्धनले उनको जित सम्भव भएको हो। उनले निवर्तमान शिगेरु इशिबालाई प्रतिस्थापन गरेकी छन्। 

जुलाईमा एलडीपीले पराजय बेहोरेपछि तीन महिनादेखि चलिरहेको राजनीतिक अनिश्चितताको अन्त्यसँगै नयाँ सरकार बनेको छ। नयाँ प्रधानमन्त्रीको अगाडि अर्थ व्यवस्थालाई गति दिन, अमेरिका-जापान सम्बन्ध सुधार गर्न र सत्तारूढ दललाई एकजुट गर्न जस्ता मुख्य चुनौतीहरू रहेका छन्। उनले यसै साता अमेरिकी राष्ट्रपति ट्रम्पसँग वार्ता गर्ने कार्यतालिका छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्