जेनजी आन्दोलनको भावनाअनुरुप गर्नुपर्ने काम पूरा गर्न अहोरात्र खटिने छौं- मन्त्री खरेल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज ३० । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनको भावनाअनुरुप गर्नुपर्ने काम पूरा गर्न अहोरात्र खटिने बताउनुभएको छ ।

हरिप्रसाद कल्याणी रिमाल नाट्य प्रतिष्ठानले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले अबको पाँच महिनाभित्र जेनजी आन्दोलनको भावनाअनुरूप गर्नुपर्ने काम पूरा गर्न अहोरात्र खटिने उल्लेख गर्नुभयो ।

यस अवधिमा जेनजी आन्दोलनले दिएका म्यान्डेडहरु पुरा गर्न समेत ध्यान केन्द्रीत गरिने उहाले बताउनुभयो । उहाले आफ्नो कार्यकालमा नराम्रो काम नगर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा मन्त्री खरेललाई हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा पुरस्कारबाट सम्मानित गरिएको थियो । त्यसैगरी ‘हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्यसङ्गीत सम्मान’बाट वरिष्ठ गायिका मीरा राणा र धिरज राई सम्मानित हुनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्