झापामा माछा मार्ने क्रममा डुबेर तीन बालिकाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज ३० । झापाको गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको ज्यान गएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन् । उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।
रासस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्