लक्ष्य विश्वको लोक लयमा आधारित गीत ‘बचन हजुरलाई’ (भिडियो)

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २८ असोज । लक्ष्य विश्वले लोक लयमा आधारित गीत ‘बचन हजुरलाई’ प्रकाशित गरेका छन् । उनले भनेका छन्, ‘पूर्व जनमुक्ति सेनाले गरेको त्याग र तपस्या को आज कुनै मूल्याङ्कन नभएको विषयलाई लिएर बनाइएको गीत हो ।’

सुनिल नेपालीको शब्द, रञ्जित सुनारको संगीतमा तयार पारिएको गीतमा मदन केसीको एरेञ्ज रहेको छ ।

लक्ष्य विश्वको अफिसियल यूट्युव च्यानलमार्फत सार्वजनिक गीतमा स्वम् गायकको कथा छ भने जेरी भण्डारीको कोरियोग्राफी र निर्देशन रहेको छ ।

आशिष गजमेर र रचना न्यौपाने फिचर्ड भिडियो सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्