काठमाडौं, असोज २० । जेन–जी नेताका रूपमा चर्चामा आएका सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी लिएर प्रहरी कहाँ पुगेका छन् ।
सोमबार बेलुकीदेखि ओली र लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमा अभियान चलाउन थालेका उनी जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी लिएर पुगेका हुन् ।
तर, प्रहरीले जाहेरी रितपूर्वक नआएको भन्दै दर्ता गर्न नमानेको एक अधिकृतले बताए । ‘गौरीबहादुर कार्की श्रीमानको नेतृत्वमा भएको आयोगलेसमेत काम गरिरहेका बेला तत्काल दर्ता हुने स्थिति पनि छैन,’ उनले भने,‘यद्यपि,थप छलफल पनि गरिरहेका छौं ।’
२३ र २४ गते भएको जेन–जी आन्दोलनमा प्रहरी प्रशासनले अत्यधिक बल प्रयोग गरेको थियो । घातक हतियारबाट दुई दिनमा २५ सय बढी गोली प्रहार हुँदा भड्किएको स्थितिमा कम्तीमा ७५ जनाको मृत्यु भएको थियो ।













