काठमाडौं, असोज १९ । काठमाडौँबाट मुख्य नाका नागढुंगा हुँदै रात्रिबसहरु साँझ ५ बजेभित्र बाहिरिइसक्नुपर्ने भएको छ।
वर्षा रोकिएसँगै नागढुंगा नाकाबाट बाहिरिने रात्रिकालिन बसहरू चल्न दिने निर्णय गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको हो।
यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले टोखा, नागढुंगा र फर्पिङ नाका एकतर्फी सञ्चालन गर्ने निर्णय गरेको थियो। साँगा हुँदै वीपी राजमार्गतर्फ जाने सवारी साधन सञ्चालनमा आउन सकेको छैन।











