सरकारको सतर्कताले मानवीय क्षति कम भयो -मन्त्री घिसिङ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १९ । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सरकार र आम नागरिकको पूर्वसतर्कताका कारण बाढीले मानवीय क्षति कम भएको बताएका छन्। आज पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री घिसिङले बाढीका कारण मानवीय क्षति कम भएको बताएका हुन्।

वर्षापछि आएको पहिरोमा परेर इलाममा मानवीय क्षति भएको उल्लेख गर्दै उनले त्यो घटनाबाहेक अन्य क्षेत्रमा मानवीय क्षति न्यून रहेको स्पष्ट पारे। साथै, वर्षापछि आएको बाढी तथा पहिरोले विभिन्न क्षेत्रमा पुर्‍याएको भौतिक क्षतिलाई सरकारले उच्च प्राथमिकताका साथ पुनर्निर्माण गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

उनका अनुसार काठमाडौंबाट पश्चिम तर्फका सडकहरू तत्कालै खोल्नेतर्फ काम अघि बढिसकेको छ भने पूर्वमा वर्षा जारी रहे पनि भोलिसम्ममा कम हुनसक्ने अनुमान गरिएको छ। सरकारको मुख्य ध्यान अब भौतिक पूर्वाधारको पुनर्निर्माणमा केन्द्रित हुने मन्त्री घिसिङकाे भनाइ छ। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्