लाङटाङ घुम्न गएका भक्तपुरका चारजना बगेर बेपत्ता, खोजी कार्य हुँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १८ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाउँदा ४ जना मानिस बेपत्ता भएका छन् ।

भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको टोलीमध्ये ४ जना खोल्साले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, वडा नम्बर ५ ब्याम्बोस्थित होटलमा बास बसेर लाङटाङतर्फ जाने क्रममा बाढीले बगाएको हो ।

बेपत्ता हुनेहरूमा भक्तपुर ठिमी नगरपालिका बस्ने संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगिता श्रेष्ठ र रवि श्रेष्ठ रहेका छन् ।

उनीहरूसँगै घुम्न आएका अर्का रोज कर्माचार्यले जानकारीगराएपछि अहिले प्रहरीले खोजी कार्य जारी राखेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्