गठबन्धन कायमै राख्ने एकीकृत समाजवादीको निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ मंसिर । नेकपा (एकीकृत समाजवादी) पार्टीले सत्ता गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने निर्णय गरेको छ।

मंगलबार बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा आफ्नो परिणाम सोचेजस्तो आउन नसकेको प्रारम्भिक समीक्षा पनि गरेको  छ ।

नेकपा एसका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘हामीले सोचेजस्तो परिणाम आएको छैन । तर पनि गठबन्धनको कारण पाएको उपलब्धिको रक्षा गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’

चुनावको अन्तिम नतिजा आउन बाँकी रहेकाले विस्तृत समीक्षा पछि गरिने बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्