नवघोषित कुमारी आर्यतारा शाक्यको आसन ग्रहण आज

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ असोज। नवघोषित कुमारी आर्यतारा शाक्यले आज आसन ग्रहण गर्ने भएकी छन्।

आर्यतारालाई आज दिउँसो १२ः ०५ बजेदेखि १२ः१६ बजे बीचको साइतमा कुमारीको आसन ग्रहण गराउने कार्यक्रम छ। त्यससँगै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिने छ।

काठमाडौं इटुम्बहालकी आर्यतारा शाक्यलाई नयाँ कुमारीका रूपमा छनोट गरिएको हो। कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चांग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको थियो।

स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया कुमारीलाई आज मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारीघरमा आसन ग्रहण गराउने तयारी पूरा गरिएको हो।

विशेष बाजागाजासहित आसन गराएपछि तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराइने कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्