फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती सेनाको बढाइँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १३ । नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ ।
सेनाले सोमबार अपरान्ह फूलपाती हर्ष बढाई समारोह गरेको हो । यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो । त्यस्तै सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिका साथै ‘फूलपाती बढाइँ समारोह–२०८२’ लेखिएको व्यानर प्रदर्शन गरिएको थियो ।

समारोहमा सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो त्यस्तै इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ गरिएको थियो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगणलगायत विशिष्ट व्यक्तिहरु सहभागी थिए ।

बडादसैँँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्