फूलपातीका दिन दिन उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्या बढ्दा बिभिन्न राजमार्गमा सवारी चाप

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १३ । दशैको फूलपातीका दिन उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्या बढ्दा बिभिन्न राजमार्गमा सवारी चाप बढेको छ ।

बिपी राजमार्ग, अरनिको राजमार्ग, पृथ्वी राजमार्ग लगाएतका राजमार्गमा सवारी चाप बढेको हो । बितेका २४ घण्टामा काठमाडौँ उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि फूलपातीसम्म करिव पाँच लाख सर्वसाधारणले काठमाडौँ छाडेका छन् ।

अधिकांश सडकमा ट्राफिक जामले यात्रीलाई गन्तव्यमा पुग्न समस्या भएको यात्रुहरुले गुनासो गरेका छन् । ट्राफिक प्रहरीले आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरेर निर्वाध यात्राको व्यवस्था मिलाइएको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्