भीमसेनस्थानमा लागेको भीषण आगलागी नियन्त्रणमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, १३ असोज । भीमसेनस्थानमा भीषण आगलागी भएको छ ।

सोमबार बिहान काठमाडौं महानगरपालिका–२० भिमसेनस्थानस्थित मोहन शाहको घरमा रहेका कपडा गोदामबाट सुरु भएको आगोका कारण आधादर्जन घर जलेका छन् ।

त्यस्तै नजिकै रहेको एउटा मन्दिरमा समेत आगो सल्किएको थियो । आगलागीको खवर प्राप्त गर्ने बितिकै उपत्यकाका तीनै जिल्लाका दमकलका साथै नेपाली सेनाको सुन्दरीजलस्थीत विपद् व्यवस्थापनको टोली घटनास्थल पुगेका थियो ।

बिहान करिव ४ बजेबाट सुरु भएको आगलागी करिव ५ घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगलागीबाट भएको क्षतिको पूर्ण बिबरण आउन बाँकी रहेका प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्