काठमाडौं, असोज १२ । नेपाल राष्ट्र बैंकले विजया दशमीबाहेक दसैं बिदाभर सबै बैंक तथा वित्तीय संस्थाहरू खुला राख्न निर्देशन दिएको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज एक सूचना जारी गर्दै दसैंभर बैंकहरु खुला राख्न निर्देशन दिएको हाे।
बैंक तथा वित्तीय संस्थाहरूलाई मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक बैंकिङ्ग सेवा सुचारु राख्न निर्देशन गरिएको सूचनामा उल्लेख छ।
सरकारको अर्थ मन्त्रालय, भन्सार विभागको अनुरोधमा व्यापार सहजीकरण, आपूर्ति प्रणाली सुचारु राख्न र सेवा प्रवाहको निरन्तरता कायम गर्न इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई भन्सारसम्बन्धी बैंकिङ्ग सेवा सुचारु गर्ने व्यवस्था मिलाउन सूचनामा भनिएको छ।











