काठमाडौं, असोज १२ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका ललितपुर महानगरपालिका–७ निवासी स्व. बिनोद महर्जनको परिवारलाई सरकारले १५ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
सरकारले उपलब्ध गराएको उक्त रकममध्ये १० लाख रुपैयाँ आर्थिक सहायता र ५ लाख रुपैयाँ क्रिया तथा अन्य खर्च शीर्षकमा उपलब्ध गराइएको हो।
उक्त रकमको बैंक चेक ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुमन घिमिरेले आइतबार मृतकको घरमै पुगेर वडा अध्यक्षको रोहबरमा स्व. महर्जनकी आमा लतामाया महर्जनलाई हस्तान्तरण गरेका छन्।
याेसँगै सरकारले आन्दोलनका क्रममा ज्यान गुमाएका अन्य मृतकका परिवारलाई समेत आवश्यक प्रक्रिया पूरा गरी राहत र सहायता उपलब्ध गराउने जनाएको छ।











