ललितपुरको खोकनामा सिकाली जात्रा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज ११ । ललितपुरको खोकनामा शनिबार सिकाली जात्रा मनाइएको छ । घटस्थापनादेखि सुरु भएको जात्राको छैठौं दिन खोकनाको सिकाली चउरमा तान्त्रिक रुद्रायणी देवीको नाच गरी जात्रा मनाउने परम्परा रहेको छ ।

परम्परागत बाजाको तालमा तालमा रुद्रायणी, महादेव, गणेश, कुमारी, इन्द्रायणी, महालक्ष्मी, सिंहिनी ब्याघ्रिनीलगायतले मुकुन्डो लगाई नाच्दै जात्रा मनाइन्छ ।देवगणको दायाँबायाँ एक–एक जना सहयोगी र अर्को हातमा खड्ग समाई नाच्ने गरिन्छ ।

रुद्रायणी देवीको शक्तिको महिमा दर्शाउने यो शास्त्रीय नृत्यको मुख्य भाव देवी र महिषासुर दैत्यबीचको वध गरेको दृश्य प्रस्तुत गरिन्छ । देवगणको नाचपछि खुला चउरमा सामूहिक भोज खाने चलन छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्