काठमाडौं, असोज ११ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले बिभिन्न अस्पताल पुगेर जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाकाबारे जानकारी लिनुभएको छ ।
शनिबार शिक्षण अस्पताल र ट्रमा सेन्टर पुगेर मन्त्री पुनले घाइतेहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको हो । घाइतेहरुको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिँदै मन्त्री पुनले उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्नुभएको थियो । सो क्रममा घाइतेहरुले आफुहरुले उठाएका माग मुद्दालाइ पुरा गर्नका लागि सरकारलाई सुझाव दिएको मन्त्री पुनले बताउनुभयो ।
उहाले घाइतेहरुलाई आफ्नो शरिरको चिन्ता भन्दा पनि देशको चिन्ता देखिएको जिकिर गर्नुभयो । ट्रमा सेन्टरमा १ जनाको आइसियुमा उपचार भइरहेको र अन्य घाइतेको अवस्था सुधार हुदै गएको पाइएको उहाले बताउनुभयो ।
मन्त्री पुनले प्रधानमन्त्रीले घोषणा गरेको कामलाई पुरा गर्न अन्तरिम सरकारको ध्यान केन्द्रीत रहेको उल्लेख गर्नुभयो । जेनजी आन्दोलनका क्रममा दुई हजार भन्दा बढि घाइते भएका थिए । अझै पनि ५० भन्दा बढि घाईतको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।











