सल्यानबाट २१ लाखको अवैध रातो च्याउ बरामद

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १० । सल्यानमा प्रहरीले अवैध रातो च्याउ बरामद गरेको छ। जाजरकोट बाट नेपालगञ्ज जाँदै गरेको भे१ख ३९३८ नम्बरको ट्रकबाट ४८ किलो अवैध रातो च्याउ बरामद गरिएको प्रहरीले जनाएको छ।

छुट पुर्जीभन्दा बढी ४८ किलो भेटिएपछि उक्त रातो च्याउ बरामद गरिएको हो। बरामद रातो च्याउको बजार मूल्य करिब २१ लाख भएको जनाइएको छ।

बरामद गरिएको रातो च्याउ जिल्ला वन कार्यालयमा बुझाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्