काठमाडौं, असोज १० । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्ताको मनोभावना बुझ्दै राष्ट्रिय एकताका साथ मुलुकलाई अघि बढाउनुपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा जेनजी आन्दोलनका भएका घटनापश्चात मुलुकमा उत्पन्न परिस्थीतिका बारेमा छलफल कार्यक्रमको आयोजना गर्दै पूर्वराष्ट्रपति भण्डारीले नयाँ पुस्ताको मनोभावना र माग बुझेर त्यसलाई सम्बोधन गर्ने वातावरण बनाउदै राष्ट्रिय एकताका साथ मुलुकलाई अघि बढाउनुपर्ने बताउनुभएको हो ।
अहिलेको परिस्थीतिमा पार्टीहरुको बिचमा पनि समन्वय र सहकार्य हुन जरुरी रहेको उहाले बताउनुभयो । भण्डारीले भ्रष्टाचारको नियन्त्रण र सुशासनको माग राखेर युवा पुस्ताले गरेको आन्दोलनमा भएको घटना शंकास्पद रहेको धारणा राख्नुभयो ।
उहाले नेपालको अस्थिरताले मित्र राष्ट्रहरूलाई पनि समस्या पर्न सक्ने भएकाले शान्ति र स्थायित्वको लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रलाई अहिलेको युग सुहाउँदो निर्माणमा अगाडि बढाउन सबैले आफ्नो आफ्नो ठाउँबाट भूमिका खेल्न उहाले आह्वान गर्नुभयो ।











