रामेछापको भटौलीमा भुकम्पको धक्का

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १० । रामेछापको भटौली केन्द्रबिन्दु भएर आज दिउँसो भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ बजेर १४ मिनेटमा रामेछापको भटौली आसपासमा केन्द्रबिन्दु भई ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

यसअघि यही असोज १ गतेका दिन पूर्वीरुकुम र बाग्लुङको सीमा क्षेत्र पातिहाल्ने भञ्ज्याङ केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्