काठमाण्डौं, १० असोज । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले बडादशैं, तिहार तथा छठ पर्व २०८२ को अवसरमा शुभकामना आदान प्रदान तथा सदस्यता हस्तान्तरण एवम् स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
सोही अवसरमा संस्थाका सल्लाहकार कृष्ण कंडेलले नयाँ सदस्यहरुलाई स्वागत गर्दै संस्थामा रहेर सञ्चारको कर्मको माध्यमबाट राम्रो काम गरेको देख्न पाइयोस् भन्दै शुभकामना दिएका थिए।
साथै संस्थाको अस्ट्रेलिया शाखा गठनका लागी संस्थापक केन्द्रीय सदस्य लक्ष्मण सन्जेललाई संयोजकको जिम्मेवारी दिइएको थियो। संयोजक सन्जेलले पछिल्लो समय राष्ट्र भूगोलमा मात्र सिमित नरहेर भावनामा विश्वव्यापी रूपमा फैलिएको भन्दै जिम्मेवारी पूर्णरूपमा बहन गर्ने बताए।
संस्थाका अध्यक्ष चन्द्रमणी गौतमले संस्थामा नयाँ सदस्यहरु जोडिदै गर्दा राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल अझ बलियो र शासक्त रूपमा अगाडी बढ्नेमा विश्वास राखे । अध्यक्ष गौतमले नयाँ सदस्यहरुलाई संस्थामा रहेर बिशेषगरी मौलिक कला संस्कृति, साहित्य, लोकगीत लगायतका बिधामा पत्रकारिताको माध्यमबाट योगदान पुऱ्याउन आग्रह गरे।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष गोबिन्द गिरी र निबर्तमान अध्यक्ष हलिबल्लब नेपालले नया सदस्यका लागी संस्थाको परिचय, उद्देश्य लगायतका बिषयमा प्रशिक्षण दिएका थिए। संस्थापक अध्यक्ष गिरीले लोक सञ्चारकर्मी नेपाल लोकगीतका लागी कलम चलाउने मात्र नभई नेपाली मौलिक, लोक संस्कृति , रितिरिवाजका बिषयमा पनि कलम चलाउने संस्था रहेकाले पत्रकारीता गर्दा समाजको, लोकको पत्रकारीतामा जोडदिन आग्रह गरे। उनले पछिल्लो समय डिजिटलको समयले पत्रकारीतालाई भ्युज केन्द्रित बनाएको भन्दै सामाग्री निर्माण गर्नेक्रममा जिम्मेवार बन्न सुझाए ।
संस्थामा ३३ जना नयाँ सदस्य थपिएको संस्थाका सचिव कमल सरगमले जानकारी दिए।
नयाँ सदस्यहरूलाई परिचयपत्र पनि वितरण गरिएको थियो।











