कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, ८ असोज । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जस अनुसार वायुको आंशिक प्रभाव भने कायमै छ।

आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यस्तै, राति देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्