कोशी र तराई भूभागका एक, दुई ठाउँमा मध्यम वर्षाको सम्भावना

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ६ असोज । हाल मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । स्थानीय वायुको प्रभावले आज पनि केही स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ ।

यस्तै, दिउँसो र राति धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका केही ठाउँहरुमा, बाँकी पहाडी भूभागको थोरै ठाउँहरुमा तथा बाँकी तराई भूभागका एक, दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक, दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्