सुधन गुरुङ पनि प्रधानमन्त्री कार्यालय पुगे

खबर बुक
  • ख-
  • ख+

 काठमाडौं, असोज ५ । जेनजी पक्षधर अभियन्ता सुधन गुरुङ सिंहदरबार पुगेका छन् । आज दिउँसो सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालयमा उनीविरुद्ध नारावाजी भएको थियो ।

जेनजी आन्दोलनका घाइतेहरुले सुधनमाथि गालीगलौज र नारावाजी गरेका थिए । उनले जेनजी आन्दोलनलाई हाइज्याक गरेको आरोप लगाइएको छ । आन्दोलनमा स्वयम्सेवकका रुपमा सहभागी गुरुङ अहिले जेनजीका नेता बनेर उदाएका छन् ।

गुरुङ प्रधानमन्त्री कार्यालयमा जानुको प्रयोजन खुलेको छैन । अहिले प्रधानमन्त्री कार्यालयमा मन्त्रीपरिषद वैठक चलिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्