अबदेखि काठमाडौं उपत्यकाभित्र जथाभावी यात्रु चढाउने र ओराल्ने गरे कारबाही गरिने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज ५ । अबदेखि काठमाडौं उपत्यकाभित्र अब जथाभावी यात्रु चढाउने र झार्ने सार्वजनिक सवारीसाधनलाई कारबाही हुने भएको छ ।

यातायात व्यवस्था विभागले तोकिएको स्थानमा मात्र सवारीसाधन रोकी यात्रु चढाउने र ओराल्ने काम गर्न सूचित गरेको छ । जथाभावी सवारी रोकी यात्रु चढाउने र ओराल्ने काम गरेको पाइए कानुन बमोजिम कारबाही हुने विभागले जनाएको छ ।

बढ्दो सवारी चाप, अव्यवस्थित सहरीकरण तथा सडक पूर्वाधार अभावले गर्दा काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनमा समस्या देखिएको र यो समस्या समाधान गर्न तोकिएको स्थानमा मात्र सवारी रोक्न विभागले सूचित गरेको हो ।

काठमाडौं उपत्यकामा जथाभावी सवारी रोक्ने र यात्रु चढाउने समस्या छ भने तोकिएको स्थानमा पनि यात्रु कुर्न अनावश्यक समय रोकिराख्ने समस्या सार्वजनिक यातायातमा छ । जसले गर्दा यात्रुले समयमै गन्तव्य पुग्न सक्दैनन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्