काठमाडौँ, ५ असोज । मनस्थिति देशमै बस्ने माइली सँग रमाउने तर परिस्थिति परदेश भासिन बाध्य बनाउने । यहि नेपाली सामाजिक यथार्थलाई गीत मार्फत प्रस्तुत गरेका छन्, पशुपति म्यूजिकका सञ्चालक शिवराज पौडेलले । उनको निर्माणमा मुटुमा तिम्रै छ नी नाम माइली बोलको गीत सार्वजनिक गरिएको छ ।
सुगम संगीतका ख्यातिप्राप्त गायक स्वरुपराज आचार्य र गायिका लक्ष्मी मल्लको स्वरमा तयार भएको गीतमा रमेश कोइरालाको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको छ ।
गीतको भिडियोको कथा र निर्देशन शंकर विसीले गरेका छन् । भिडियोमा चकलेटी नायक आर्यन सिग्देल, अञ्जली अधिकारी र आरोना मल्लले अभिनय गरेका छन् । गीतमा देश विदेशमा एक अर्काको साथ खोज्दै दिन व्यतित गर्न विवश प्रेमिल जोडीको पीडालाई उठान गरिएको छ ।
पशुपति म्यूजिक मार्फत नेपाली लोक तथा आधुनिक गीत संगीतको विस्तार र व्यवसायिकतामा चर्चा गर्न योग्य भूमिका निर्वाह गरेका शिवराज पौडेल राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका आजीवन सदस्य समेत हुन् ।
पशुपती म्युजिक बाट तिमी कस्को हुने होला, म त तिम्रो मान्छे बन्न सकिन, माया एउटा सङ, तिमी बिना एक्लै भाछु म लगयतका सयौं गीतहरु चर्चित छन
पौडेल क्यासेट, सिडी, सिआरविटी हुदैँ डिजिटल युगमा समेत गीतसंगीतको श्रीबृद्धिका लागि सक्रिय रहदै आएका छन् ।

Mutuma Timrai Chha Ni Naam Maili – Swaroop Raj Acharya | Laxmi Malla | Aryan | Anjali | Arona | Song











