दशैँ मनाउन घर फर्कने यात्रुको संख्या बढ्दो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ४ भाद्र । बडादशै नजिकिएसंगै दशै मनाउन घर फर्कने यात्रुहरुको संख्या बढ्दै गएको छ ।

काठमाडौंको नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खु लगाएतका स्थानबाट उपत्यका छाड्ने सार्वसाधारणको संख्या बढेको हो । उपत्यकाका बिभिन्न नाकाबाट यसअघिका बर्षको तुलनामा यस बर्ष घटस्थापना अघि नै धेरै सर्वसाधारण बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटौँडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

यस बर्ष पनि १५ लाख भन्दा बढि सर्वसाधारण दशै मनाउन घर फर्कने अनुमान गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्