काठमाण्डौं, ४ भाद्र । आज काठमाण्डौंको त्रिपुरेश्वर, सुन्धारा, क्षेत्रपाटीलगायतका क्षेत्रमा दुई घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । भूमिगत केबल सम्बन्धि कार्य गर्न लागिएकाले बिहान ८ बजेदेखि १० बजेसम्म सुन्धारा, सिभिल मल, सेन्ट्रल जेल, चाइना टाउन हुँदै त्रिपुरेश्वर चोक र चोकको आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण दरबारमार्गले जनाएको छ ।
यस्तै, दिउँसो १२ बजेदेखि २ बजेसम्म पुष्पलाल पार्क, ढल्को, क्षेत्रपाटी चोक, पकनाजोल, धोबिचौर, ठहिटी, ज्याठा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।











