गोकर्णेश्वर नगर अस्पतालमा ६ जना विशेषज्ञ चिकित्सक थप

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १ असोज । गोकर्णेश्वर नगरपालिकाले नगर अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्दै ६ जना चिकित्सक थप गरेको छ। बुधबार आयोजित एक कार्यक्रममा नगर प्रमुख दिपक कुमार रिसालले खुला प्रतिस्पर्धाबाट छनोट भएका चिकित्सकलाई स्वागत गरे।

वडा नं। ४ का वडाध्यक्ष जयराम महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेयर रिसालले बढ्दो सेवाग्राहीको चापलाई ध्यानमा राखी चुस्त तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न विशेषज्ञ चिकित्सक थप गरिएको बताए।

नगर अस्पतालमा विशेषज्ञ चिकित्सक थपिएसँगै स्थानीय बासिन्दाले प्राथमिकदेखि विशेष उपचारसम्म सजिलै सुविधा पाउने नगरपालिकाको दाबी छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्