काठमाडौं, भदौ ३० । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्व पौडेलले जेनजी आन्दोलनमा बैंकको कार्यालयमाथि आक्रमण भए पनि बैंकिङ प्रणाली ठिक रहेको बताएका छन्।
सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रमपश्चात् बोल्दै गभर्नर पौडेलले बैंकिङ प्रणालीमा समस्या नभएको बताएका हुन्।
‘६८ वटा बैंकहरुको शाखा कार्यालयमा आक्रमण भएका थिए। तर, आन्दोलनकारीले बैंकहरु टार्गेट गरेको जस्तो देखिँदैन,’ उनले भने, ‘६९ वटा एटिएममा केही असर परेको छ। त्यसबाहेक बैंकिङ प्रणालीका सिस्टम सबै ठिक छ।’
अहिलेको अवस्थामा सबैको मनोबल घटेकाले मनोबल बढाउनुपर्ने आवश्यकता रहेको गभर्नर पौडेलले बताए।











